National life

पार्टी एकता घोषणा कार्यक्रम स्थलबाटै रेशम चौधरी पक्राउ परेसँगै कार्यक्रम स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
641Shares
पार्टी एकता घोषणा कार्यक्रम स्थलबाटै रेशम चौधरी पक्राउ परेसँगै कार्यक्रम स्थगित
ncell

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ आज परेका छन्। उनलाई जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म चौधरी पक्राउ पर्नु पछाडिको स्पष्ट कारण भने खुल्न सकेको छैन। उनलाई पुरानो फैसला कार्यान्वयन लागि भन्दै प्रहरीले पक्राउ गरेको उक्त घोषणा कार्यक्रममा सहभागी एक नेताले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
टिकापुर काण्डका प्रमुख आरोपी रेशम राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा भएका थिए।

आज नै जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्न कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखिएको थियो। दुवै दलका नेता–कार्यकर्ता कार्यक्रम स्थलमा उपस्थित थिए।

तर रेशम पक्राउ परेसँगै एकताका लागि राखिएको कार्यक्रम स्थगित भएको छ। रेशम पक्राउको घोर भर्त्सना गर्दै सिके राउतले भनेका छन्, आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ(आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौँ।ु

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?