National life

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख २० गते, यस्ता छन् विशेष प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
1.4kShares
प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख २० गते, यस्ता छन् विशेष प्रस्ताव
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा बीमा प्राधिकरणले तोके बमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहि बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालकमा समितिको संरचना परिवर्तन गरी १ जना महिला सञ्चालक र एक जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको २०७५ जेठ १० गते सम्पन्न विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्ती गर्ने बारे सञ्चालक समितिको निर्णलाई अनुमोदन गरिनुका साथै सञ्चालक समितिका सदस्यहरुको पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा संस्थापक सेयरधनी समूह‘क’बाट २ जना, समूह ‘ख’बाट १ जना(कर्मचारी सञ्चय कोषबाट मनोनित) र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?