National life

फागुन १८ देखि राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न प्रशासनको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१५ फागुन २०८२, शुक्रबार
1.3kShares
फागुन १८ देखि राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न प्रशासनको निर्देशन
ncell

काठमाडौँ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा समयसीमा निर्धारण गरेको छ। प्रशासनले फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सबै व्यवसाय बन्द गर्न निर्देशन दिएको हो। यो नियम फागुन १८ गतेदेखि अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखी अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्मको लागी मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसायहरू बन्द गर्न, गराउनुहुन सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रशासनको सूचनाअनुसार, फागुन २१ मा हुने निर्वाचनको सुरक्षासम्बन्धी संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। यस अनुसार, काठमाडौँ जिल्लाभित्रका होटल, रेस्टुरेन्ट र अन्य सबै रात्रिकालीन व्यवसायहरू अर्को आदेश नभएसम्म राति ९ बजेपछि सञ्चालन गर्न पाइने छैन।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?