काठमाडौँ । पछिल्लो सयमा बीमा त्याग्नेको संख्यमा वृद्धि हुँदै गएको छ । बढ्दै गएको आर्थिक संकट, आम्दानीको अभाव, रोजगारी गुमाउनु, व्यापारमा घाटा हुनुका कारण बीमा त्याग्नेको संख्यमा बढ्न गएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ। चालु आवको पौष मसान्तसम्म ५४ हजार ४१४ जना बीमितले बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले उल्लेख गरेको छ ।
अघिल्लो महिना मंसीरसम्ममा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँको ४५ हजार ६० वटा बीमा सरेण्डर भएको थियो।
प्राधिकरणको तथ्यांकअनुसार लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालबाट चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको १३ हजार ९६८ वटा बिमा पोलिसी सरेन्डर भएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ७ हजार २०७ वटा बीमा पोलिसी वापत ६७ करोड ६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । साथै, नेपाल लाइफ इन्सुरेन्समार्फत बिमा गर्ने १२ हजार २४१ बीमितले २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन्।
चालु आर्थिक वर्षको ६ महिनासम्म मात्रै ५४ हजार ४ सय १४ वटा बिमा पोलिसी सरेन्डर भएको छ। जसअनुसार जीवन बिमा कम्पनीहरूबाट ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ । जसअनुसार जीवन बिमा कम्पनीहरूबाट १४ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको थियो।
आर्थिक मन्दीको कारण व्यक्तिहरूको आम्दानीको स्रोत खुम्चिदैं गएको छ । आम्दानी स्रोत खुम्चिएका कारण बीमितहरुलाई बिमा रकम तिर्न गाह्रो भएकाले पोलिसी सरेन्डर गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको बीमा विज्ञहरूको भनाई छ ।
६ महिनाको अवधिमा सबैभन्दा कम बीमा पोलिसी सरेन्डर भने सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ। कम्पनीको ६ महिनाको दौरान ३ सय ६१ वटा पोलिसी सरेन्डर भएर ३ करोड ५२ लाख रुपैयाँ रकम बाहिरिएको छ।
यता, बिमा सलेन्डर गर्ने क्रम बढेसँगै सक्रिय बिमा लेखको सङ्ख्या पनि घटेको छ । बिमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा सक्रिय बिमा लेखको सङ्ख्या १ करोड ३३ लाख ७२ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सक्रिय बिमा लेखको सङ्ख्या १ करोड ३७ लाख ७४ हजार वटा थियो ।



































