National life

बीमक संघलाई घुक्र्याउँदै शिखर इन्स्योरेन्स कि नेत्तृत्व लिन संघ असफल ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
665Shares
बीमक संघलाई घुक्र्याउँदै शिखर इन्स्योरेन्स कि नेत्तृत्व लिन संघ असफल ?
ncell

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु माझ छुट्टै विरासत बोकेको शिखर इन्स्योरेन्स कम्पनीको छवी केही मधुरो बन्दै गएको अवस्था छ । उक्त कम्पनीले निर्जीवन बीमा कम्पनीहरुमा एकछत्र राज गर्दै आए पनि बीमा कम्पनीहरुको मर्जरपछि शिखरले एकलौटी बजार हडप्ने प्रवृत्तीमा ठूलो धक्का पुगेको देखिन्छ ।

हुन त सो कुरा शिखर इन्स्योरेन्स कम्पनीले भने स्वीकार गर्न तयार छैन । आर्थिक भ्वाईसले नेपाल बीमक संघका मुख्य प्रतिनिधीहरु भेट्दा शिखर इन्स्योरेन्सले आफ्नो एकलौटी व्यवसायीक राजको अन्त्य र पुरानो रेकर्डमा धक्का खेप्नु परेको भन्दै संघको सभाहरुमा अनुपस्थिती जनाउँने गरेको आरोप लगाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही विषयमा आर्थिक भ्वाईस डटकमले शिखर इन्स्योरेन्सका प्रतिनिधिहरुको पनि भनाई बुझ्ने प्रयास गर्यो । त्यस्तो अवस्थामा ती शिखर इन्स्योरेन्सका प्रतिनिधिहरुले आफूहरु संघबाटै बाहिरीए पनि त्यो त्यति ठूलो कुरा नहुने, पहाडै खस्ने वा उल्का उत्पातै नहुने बताएका थिए । यता बीमक संघबाट कथम कदाचित कुनै कम्पनी बाहिरिन्छ भने पनि त्यसलाई पनि सकारात्मक रुपमा हेर्न सक्नुपर्ने शिखर इन्स्योरेन्स पक्षको भनाई थियो । शिखर इन्स्योरेन्स कम्पनीले बीमक संघ स्थापनादेखि त्यसको नेत्तृत्व गर्दै संघलाई हुर्काउँदै गरेको आफ्ना विगतका मेहनत र केही संघर्ष पनि कोट्याएको थियो । त्यस्तो अवस्थामा नेपाली बीमा क्षेत्रको इतिहासको चर्चा हुँदा विगतदेखि हालसम्म राम्रो विरासत बोकेको कम्पनीको रुपमा शिखर इन्स्योरेन्स स्थापित रहेको कम्पनी पक्षले दाबी गर्दै आएको पाइन्छ । त्यस्तै,नेपाली बीमा क्षेत्रमा विभिन्न नयाँ प्रोडक्टहरु ल्याएर स्याउँ बीमादेखि, उच्च जोखिम बोक्दै जनताको सेवामा शिखर प्रतिवद्ध रहेको शिखर इन्स्योरेन्सका प्रतिनिधिले दाबी गर्ने गरेका छन् । हुन त सो प्रतिवद्धता गलत हो भन्ने हाम्रो पनि कुनै पनि मनसाय वा उदेश्य होइन, या भनौ छैन ।

तर, हाल बीमक संघमा १४ वटा बीमा कम्पनी रहेको ठाउँमा शिखर इन्स्योरेन्स एक्लैले सभा, मिटिङ्मा सहभागिता नजनाउँने वा सामूहिक निर्णयलाई सहजै स्वीकार नगर्नुले भने शिखर इन्स्योरेन्सले आफ्नै पुरानो छवी केही धमिल्याएको हो कि भन्ने बीमक संघ निकट उच्च प्रतिनिधिहरु बताउँछन् । हालसम्म यो विषयमा ओपन सेक्रेट (नाङ्गो सत्य) जस्तो भए पनि खासै कुनै पनि मिडीयाले सो विषयमा मुख खोल्न सकेका छैनन् या भनौ बीमक संघ र ठूला कम्पनीमा देखिएका स–साना फाटाहरुलाई मिलनमा परिणत गर्न पनि कसैको भुमिका देखिदैन ।

ठीक यही अवस्थामा शिखर इन्स्योरेन्स प्रतिनिधिलाई आर्थिक भ्वाईसले भेट् गर्दा आफूहरुले व्यवसायीक रुपमा बलिया र नयाँ रणनीतिहरु अपनाएको शिखर इन्स्योरेन्सले बताएको थियो । हुन त ठ्ट्यौली हाउँभाउँ सहित शिखर इन्स्योरेन्सका एक प्रतिनिधिले अन्य निर्जीवन बीमा कम्पनीहरुसँग आफूहरुको व्यवसायीक हाइट नमिल्ने र दोस्रो कम्पनीहरु आफ्नो काखीसम्म पनि नआउँने शिखर पक्षले दाबी गरेका थिए । यता बीमक संघ भने बेग्दै प्रेसरमा देखिन्छ ।

बीमक संघलाई छुट्टै चिन्ता

निर्जीवन बीमा कम्पनीहरुको साझा संगठन बीमक संघको पनि छुट्टै गुनासो छ । आफूहरुले नयाँ र सबैलाई समावेश गर्ने किसिमको रणनीति लिदा पनि कुनै कम्पनीहरुले अकारण निहु खोज्ने, टाढिने वा बाहाना बनाउँने प्रवृत्ती अँगाल्ने र त्यो मौलाउँदै जाने हो भने भोलिका दिनमा त्यसले संघलाई पक्कै कमजोर बनाउँनेमा बीमक संघका प्रतिनिधिहरु भित्र-भित्रै भयभित देखिन्छन् । तर, कुनै पनि संघ साझा संगठन हुने र त्यसले सबैको हितका लागि काम गर्ने कुरा जो कोहीले बुझ्न अपरिहार्य रहेको बीमक संघका उच्च अधिकारीहरुको भनाई छ ।

व्यवसायीक तानातानदेखि नैतिक संकटसम्मको जोखिम

यसरी संघको एकता माथि नै प्रश्न उठ्ने गरी भएका पछिल्ला गतिविधिहरुको प्रभाव निकै ठूलो देखिन्छ । यस क्षेत्रका जान्ने बुझ्नेहरुकै अनुमानमा पनि सबैभन्दा पहिलो नम्बरमा बीमक संघमा फुट आउँने उच्च सम्भावना रहन्छ । दोस्रोमा पदको मोहले जो कोहीले नैतिकतामा नै आँच आउँने किसिमले आफू अनुकुल निर्णय लिने अवस्था नआउँदा भन्न सकिन्न । त्यस्तै, तेस्रो नम्बरमा संघले जोडिने संस्कार सिकाएको छ भने कम्पनीहरु टुक्रिदा मलाई अरु कोही चाहीदैन भन्ने गलत सोचाई, अहम वा एकलवादी प्रवृत्ती नमौलाउँदा भन्न सकिन्न ।

यसरी बीमक संघ भित्र भित्रै आन्तरिक समस्याको चपेटामा पर्दा त्यसको मारमा स्वयम संघको नेत्तृत्वमा रहेका र अन्य सदस्यता लिएका कम्पनीहरुमा पनि समस्या आउँने देखिन्छ । त्यस्तो समस्या भनेको बीमक संघले आफू अनुकुल काम नगर्ने कम्पनीहरुको खेदो खन्ने र मेरो लागि सघं केही पनि होइन मलाई संघ नै चाहिदैन भन्ने कम्पनीहरुबाट बीमक संघका विगतका गोपनियता लिक हुने प्रवल सम्भावना देखिन्छ । अहिले नै कतिपय कम्पनीहरुले बीमक संघले समयमा साधारण सभा नगरेको, बहालवाला अध्यक्ष किन पद ओगटन आतुर रहेको जस्ता गम्भिर आक्षेपहरु लगाएको अवस्था छ ।

यस्ता विषयहरु अन्य कही उजागर नभएको र त्यसलाई दह्रो रुपमा उठाउनु पर्ने जरुरी अवस्था सिर्जना भएको बीमक संघकै ठहर छ । र,अन्य कम्पनीहरु स्वयमले संकेत गरेसँगै यो सूचना तयार गरिएको हो । यसबाट बीमक संघले छिट्टै सच्चिने, आफूले अन्य कम्पनीहरुको सल्लाह सुन्ने तथा संघको नेत्तृत्वमा रहेका कम्पनीहरुले पनि अन्य सबै कम्पनीहरुलाई मित्रवत व्यवहार गर्दै नागरिक र बीमितको सेवामा लाग्दै गर्दा बलियो बीमक संघको छवि तयार गर्न जरुरी देखिएको छ ।

साथै,बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बीमक संघ सबै बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुकै संस्था भएकाले त्यस्ता संस्थाहरुको सुझाव नेपाल बीमा प्राधिकरणले समेत सुन्ने गरेको बताए । कार्यकारी निर्देशक पौडेलले भने,‘नेपालमा मात्रै होइन अन्तराष्ट्र्रिय स्तरमा पनि यस्ता संघहरु राख्ने चलन छ । ती संघहरु आफै प्रतिष्ठित व्यक्तीहरुको संस्था भएकाले उनीहरुले ल्याएको सुझाव नियमनकारी निकायले पनि सुन्नुपर्छ, हामीले पनि सुन्छौं । फेरी हामीले पनि बेला बेलामा बीमक संघलाई सल्लाह दिन्छौं, त्यो दोहोरो प्रकृया हो । तर, ठूला समस्या समाधान गर्न खडा भएका संघहरुमा को अध्यक्ष बस्यो, कस्को नेत्तृत्वमा को बस्न हुन्छ, हुन्न भन्दा पनि त्यसमा मुख्य कुरा भनेको ठूला ठूला समस्या मिलाउँन आफै कम्पनीहरु मिलेर, त्यसमा पनि सबै कम्पनीहरु एक ठाउँमा बसिसकेको संस्थाले नयाँ, ठूला, साझा रणनीति ल्याएर, आफ्ना पूर्व कमिटमेन्टहरु पूरा गर्दै समग्र उद्योगमा ठूला, राम्रा नतिजा दिनुपर्छ भन्ने चाही हो ।’

पौडेललाई बीमक संघ नेत्तृत्व लिन असफल भएको हो कि शिखर इन्स्योरेन्स बाहिरन खोजेको हो ? भन्ने प्रश्नमा उनले संघ आफै कम्पनीहरुले मिलेर (गुड फेथ) आपसी विश्वासमा संचालन गरेकाले त्यसमा केही (म्युचुअल अन्डरस्टण्डीङ) आपसी, समझदारी, हार्दिकतामा केही धमिलोपन आएको भए त्यसलाई तत्काल सच्चाई हाल्नु पर्ने सुझाव दिएका छन् । पौडेलले बीमक संघले अन्य बीमा कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुको पनि कम्पनी र त्यसमा कम्पनीहरुको पनि नेत्तृत्वकर्ताहरुकै संस्था भएकाले कहिलेकाही समस्या आएमा त्यसलाई संघ आफैले सल्टाउँने विश्वास व्यक्त गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?