National life

बुद्धभुमी नेपाल हाइड्रोपावरको नाफामा ९१.८४ को वृद्धि, विद्युत् बिक्री आम्दानीमा भने गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
597Shares
बुद्धभुमी नेपाल हाइड्रोपावरको नाफामा ९१.८४ को वृद्धि, विद्युत् बिक्री आम्दानीमा भने गिरावट
ncell

काठमाडौँ। बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको नाफामा वृद्धि भएको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा अघिल्लो आवको तुलनामा ९१.८४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत् बिक्री आम्दानी घटेर ९ करोड ११ लाख रुपैयाँमा कायम भएको छ ।

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको वित्त खर्च घटेको छ। वित्त खर्च ५ करोड १० लाख रुपैयाँबाट घटेर ४ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीको प्रशासनिक खर्च पनि १ करोड २९ लाख रुपैयाँबाट घटेर १ करोड १८ लाख रुपैयाँमा झरेको छ ।  साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८४.४८ रुपैयाँ,तरलता अनुपात ४८ प्रतिशत कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?