National life

बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा प्रवाहमा बढोत्तरी, अन्तर बैंक ब्याजदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
911Shares
बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा प्रवाहमा बढोत्तरी, अन्तर बैंक ब्याजदर कति ?
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेपमा पछिल्लो समय सामान्य सुधार देखिएको छ । फागुन १९ र २० गते बैंकिङ्ग प्रणालीको निक्षेपमा एकै दिन २ अर्ब रुपैयाँको वृद्धि देखिएको छ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार १९ गते ६७ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा सोही पछिल्लो दिनको २० गते ६७ खर्ब ४० अर्ब रुपैयाँ  निक्षेप संकलन भएको छ। त्यस्तै, उक्त अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेमा समेत २ अर्ब रुपैयाँले वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको तथ्यांक अनुसार, फागुन १९ गते ६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरू २० गते ६ खर्ब १५ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन्। सो अवधिमा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ।

फागुन १९ गते ५४ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २० गतेका दिन ५४ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । साथै, सोही अवधिमा वाणिज्य बैंकहरुको कर्जामा पनि वृद्धि देखिएको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार, अघिल्लो दिन ४८ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ४८ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५६ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
911SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?