National life

बैंकिङ प्रणालीमा एकै दिन थपियो १५ अर्ब रुपैयाँ निक्षेप, ५५ खर्ब बढी कर्जा लगानी 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
817Shares
बैंकिङ प्रणालीमा एकै दिन थपियो १५ अर्ब रुपैयाँ निक्षेप, ५५ खर्ब बढी कर्जा लगानी 
ncell

काठमाडौँ । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बिहीबार बैंक तथा वित्तीय संस्थाहरूमा उल्लेखित रकम बराबरको निक्षेप थपिएको हो।

बिहीबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५ अर्बले बढेर ६९ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। त्यसको अघिल्लो दिन अर्थात् जेठ २१ गते बुधवारसम्म बैंक तथा वित्तीय संस्थामा ६९ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिनसम्म ६२ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६२ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिँदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा १५ अर्ब निक्षेप थपिँदा दुई  अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७८.५९ बिन्दुमा झरेको छ । बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुवै घटेको हो ।

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?