National life

भिजिट भिसा प्रकरण : १५ सय कागजात चेकजाँच गर्दा २४६ जनाको कागजात पुरै नक्कली 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
882Shares
भिजिट भिसा प्रकरण : १५ सय कागजात चेकजाँच गर्दा २४६ जनाको कागजात पुरै नक्कली 
ncell

काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका १५ सय बढी युवाका कागजात अध्ययन गर्दा २४६ जनाको कागजात पुरै नक्कली बनाइएको भेटिएको छ ।

शंकास्पद कागजातका विषयमा गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । यस क्रममा एक हजार ५१२ जनाको कागजात अध्ययन गर्दा त्यसमध्ये २४६ प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायत कागजात नक्कली हो ।

ती कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेको समेत अनुसन्धानमा खुल्न आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसरी अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित एजेन्ट, कन्सल्टेन्सी, ट्राभल एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँ दिएर मिलेमतोमा मिलाई पठाउने गरेको पाइएको छ ।

त्यही आधारमा मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई विभिन्न मितिमा पक्राउ गरी सङ्गठित अपराध, लिखतसम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारबाही थालिएको छ ।

अध्ययनका आधारमा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसँग मिलेमतोमा नक्कली कागजातका आधारमा विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारका रूपमा लगाइने र शोषण समेत हुने तथा पुरुषले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लगाइने गरेको पाइएको छ ।

यस कार्यमा संलग्न रहेका आधारमा नेपाल एयरलाइन्सका अरविन्द यादव, होम पोखरेल, ट्राभल्स एजेन्सीका मनुराम चौधरी, स्काई ट्राभल्स एन्ड टुरका दिनेश ज्ञवाली, रोयल ट्राभल्सका सञ्चालक देवराज खनालसहित गणेश पाण्डे, सञ्जय तामाङ, रामप्रसाद भण्डारी सरोजकुमार यादव, राजकिशोर शाह, रविन अर्याललगायत व्यक्तिलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
882SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?