National life
cg eloctronics

यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णयहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.6kShares
यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णयहरु
muktinatha bikash bank

काठमाडौँ। सरकारले काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान राष्ट्रपति निवासलाई नदिने निर्णय गरेको छ। आज बसेको  मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई यथावत राख्ने निर्णय गरेको हो।

यसअघि २०७५ सालमा सरकारले प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

अन्य निर्णय केके छन् ?

अन्य निर्णयहरुमा Integrated Water and Sewerage Management (sector) का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतामा तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रुप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

नेपाल सरकार, मनित्तपरिषद्को २०७५ भदौँ २१ को निर्णयबमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिानको पुरै जग्गा (११४–३–०–०) राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय भएको छ ।

सरकारले सरकारी निकायमा भएका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?