National life

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि दरखास्त माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
611Shares
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि दरखास्त माग
ncell

काठमाडौँ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको नियुक्तिको लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेको छ ।

आज प्रकाशित सूचनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अनुसार गठित कोषको उपाध्यक्ष सिफारिस समितिले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष नियुक्तिको लागि योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना व्यक्तिको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।

नियमावलीको नियम ९ को उपनियम (४) को खण्ड (ग) बमोजिमको योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र (२०८१/१०/०४ गतेसम्म) सिफारिस समितिको सचिवालय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?