National life

रवि पक्षको वकिलको बुधबार मात्रै बहस हुने: रवि परिवार कि हिरासत ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
676Shares
रवि पक्षको वकिलको बुधबार मात्रै बहस हुने: रवि परिवार कि हिरासत ?
ncell

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी छ।

काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ। भने समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन नसकेको अदालत श्रोतले जनाएको छ ।

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लामिछानेलाई पुनः न्यायिक हिरासत पठाउने आदेश दिइएको छ। बहस नसकिएपछि उनलाई आज पनि न्यायिक हिरासत पठाइएको हो।

भोलि माघे संक्रान्तिका कारण सार्वजनिक विदा भएकाले रवि सोमबार र मंगलबार नै हिरासतमा रहने भएका छन्। भोलि अदालत नखुल्ने भएकाले बुधबार मात्रै थुनछेकको बाँकी बहस हुने भएको छ

स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रुपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा गत पुस २१ मा मुद्दा दायर भएको थियो। हिजो अदालतमा बयानका क्रममा सो अभियोग पत्र पढेर लामिछानेलाई सुनाइएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?