National life

सहकारीको बचत हिनामिना आरोपमा रवि विरुद्ध काठमाडौँमा पनि मुद्दा दायर हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
628Shares
सहकारीको बचत हिनामिना आरोपमा रवि विरुद्ध काठमाडौँमा पनि मुद्दा दायर हुँदै
ncell

काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि मुद्दा दायर हुने भएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आरोपमा आज लामिछाने विरुद्ध काठमाडौँमा मुद्दा दायरको तयारी भएको हो।  लामिछाने विरुद्धमा जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गर्न लागेको हो।

प्रहरीले उक्त सहकारीमा एक अर्ब १९ करोड हिनामिना भएको भन्दै ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पूर्व गृहमन्त्री रवि लामिछानेलाई समेत प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो ।

ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रूपमा पैसा गएको थियो । उक्त पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ। रास्वपाले भने सहकारी ठगीमा संलग्न नभए पनि गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीको मुद्दा चलाउनु राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?