National life

रवीन्द्र र धवलशमशेरलाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको सरकारलाई अल्टिमेटम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ चैत २०८१, शनिबार
611Shares
रवीन्द्र र धवलशमशेरलाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको सरकारलाई अल्टिमेटम
ncell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरु उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा।धवलशमशेर जबरालाई सरकारले २४ घण्टाभित्र रिहा नगरे देशभरी विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

हिजो (शुक्रबार) काठमाडौंको। तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरुलाई प्रहरीले हिजो बेलुका नै नियन्त्रणमा लिएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

साथै, तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाको ठहर छ । उक्त घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, सार्वजनिक सम्पत्ति र व्यवसायिक स्थलहरुमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?