National life

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही सिंहदरबार गेटबाटै प्रहरी नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
1.2kShares
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही सिंहदरबार गेटबाटै प्रहरी नियन्त्रणमा
ncell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सिंहदरबार गेटभित्रै दुई जनालाई नियन्त्रणमा लिएको हो। शाहीले नाराबाजी गरेपछि प्रहरीले दुबै जनालाई गाडीमा हालेर लगेको हो।

प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेका थिए। प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्न सक्ने भन्दै निगरानी राखेको थियो।

अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो ।

पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?