National life

राजावादी हुलदङ्गामा भएको क्षतिमा शिखरपछि सिद्धार्थले गर्‍यो ५ वटाको दाबी भुक्तानी, अन्यले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
724Shares
राजावादी हुलदङ्गामा भएको क्षतिमा शिखरपछि सिद्धार्थले गर्‍यो ५ वटाको दाबी भुक्तानी, अन्यले कति ?
ncell

काठमाडौँ । काठमाडौँको तीन कुनेमा गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हुलदङ्गाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरूले ५ करोड रुपैयाँ बराबरको दाबी परेको छ।

राजावादीको हुलदङ्गामा भएको क्षतिमा ४ करोड ५९ लाखको बिमा दाबी परेको हो। जस अनुसार हालसम्म २२ वटा निजी गाडी, २१ वटा घर तथा व्यवसाय (सम्पत्ति), ३ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम, २ वटा सार्वजनिक गाडी र अन्य २ वटा गरी कुल ५० वटा दाबी परेको प्राधिकरणले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ । २१ वटा आवेदनमा २ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी परेको हो । मोटर बिमामा १ करोड ६ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका ३ दाबीमा ३७ लाख, मोटर बिमा (सार्वजनिक) मा २७ लाख ५० हजार र विविधमा १० लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

परेका दाबीमध्ये वैशाख ३ गतेसम्म ३३ लाख ३५ हजार हजार रुपैयाँ भुक्तानी भइसकेको पनि प्राधिकरणले जनाएको छ । यस अवधिमा सिद्धार्थ प्रिमियरले ५ वटा, सगरमाथा लुम्बिनीले २ वटा , आइजीआई प्रुडेन्सियलले १ वटा र शिखर इन्सुरेन्सले ५ वटा गरेर १३ वटा दाबी भुक्तानी गरिसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?