National life

बाढीपहिरो पछिको बिमा दाबीमध्ये ४७ करोड बढी भुक्तानी: कुन क्षेत्रमा कति भुक्तानी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
1.2kShares
बाढीपहिरो पछिको बिमा दाबीमध्ये ४७ करोड बढी भुक्तानी: कुन क्षेत्रमा कति भुक्तानी ?
ncell

काठमाडौँ। नेपाल बिमा प्राधिकरणले बाढी पहिरोबाट भएको क्षतिको प्रारम्भिक निरीक्षण गरी ७ अर्ब २८ करोड रुपैयाँ बढी दाबी भुक्तानी दिनुपर्ने अनुमान गरेको छ । गत असोज १०–१२ सम्मको अविरल वर्षापछि आएको बाढी पहिरोले पुर्‍याएको क्षतिमध्ये साढे १० अर्ब रुपैयाँ बढी बिमा कम्पनीको दायित्वमा परेको हो। बाढी पहिरोले देशभरको क्षतिमा सवा ७ अर्ब रुपैयाँ बिमा कम्पनीको दायित्वमा पर्ने देखिएको हो।

प्राधिकरणले असोजको बाढीपछिको क्षतिबाट परेको बिमा दाबीमध्ये कम्पनीले ४७ करोड रुपैयाँ बढी भुक्तानी गरिसकेको सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिएका छन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणको तथ्यांक अनुसार कात्तिक २१ सम्म निर्जीवन बिमा कम्पनीमा बाढीका कारण सम्पत्तिमा क्षति पुगेको भन्दै १० अर्ब ५३ करोड २७ लाख ८८ हजार ९ सय ८८ रुपैयाँ बराबरको ३ हजार ४ सय ६० वटा दाबी परेको छ।

बाढी पहिरो र डुबानका कारण करिब मुलुकभर करिब १७ अर्ब रुपैयाँ बढीको क्षति भएको प्रधानमन्त्री कार्यालयले तथ्यांक सार्वजनिक गरेको थियो। यसमध्ये बिमा गरिएको सम्पत्तिको क्षतिको दायित्व बिमा कम्पनीले बेहोर्नुपर्दा हालसम्म साढे १० अर्ब रुपैयाँ बढी दायित्वमा कम्पनीमा परेको छ।

प्राधिकरणले सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनियरिङलगायतमा बिमा गरिएको सम्पत्तिको क्षति संकलनमार्फत प्राथमिकता निर्धारण गरी दाबी भुक्तानी गर्न निर्जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ। बाढीको क्षतिमा परेको दाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमाका ७ अर्ब ९१ करोड ८९ लाख २७ हजार रुपैयाँ बराबरको १६७८ वटा दाबी परेको छ। यसमध्ये कम्पनीहरूले ३८ करोड ९५ लाख ५६ हजार बराबरको ३ सय ४ वटा दाबी भुक्तानी गरिसकेका छन्।

बाढी क्षतिपछि कृषि बाली बिमामा १० करोड ६१ लाख, पशुपक्षी बिमा १ करोड २२ लाख, सामुद्रिक बिमा १ करोड ५९ लाख र विविधमा ५७ लाख ५२ हजार रुपैयाँ बढीको दाबी परेको छ। बाढीको दाबी सबैभन्दा बढी ५१० वटा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। भने दाबी रकमका आधारमा द ओरियन्टल इन्स्योरेन्समा बढी परेको तथ्यांकमा उल्लेख छ। कम्पनीमा १ अर्ब ५० करोड ७८ लाख रुपैयाँ बढीको परेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?