National life

रास्वपा असफल भए देशमा निराशा छाउँछ : शिशिर खनाल

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
1.1kShares
रास्वपा असफल भए देशमा निराशा छाउँछ : शिशिर खनाल
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद शिशिर खनालले चुनावमा प्राप्त मतलाई घमण्ड गर्ने विषय नभई देश परिवर्तन गर्ने ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्।

मतदातासँग भएको छलफलमा उनले नयाँ राजनीतिक आशाका रूपमा हेरिएको रास्वपा असफल भए देशभित्र र विदेशमा रहेका नेपालीहरूमा गहिरो निराशा पैदा हुन सक्ने भन्दै पार्टी कामको नतिजाप्रति निकै सचेत रहेको बताए।

तारकेश्वर नगरपालिकाका नागरिकसँगको संवादमा उनले देशलाई सुशासन र आर्थिक समृद्धिको मार्गमा अघि बढाउने लक्ष्यसहित पार्टी दृढ रहेको उल्लेख गरे। साथै उनले अबको एक हप्ताभित्र रास्वपाले सरकारमा रहने भूमिका र संरचनाबारे स्पष्ट निर्णय हुने जानकारी पनि दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्य दलहरूले गर्ने जस्तै धूमधामका साथ विजय र्‍याली नगर्ने निर्णय गरिएको उनले स्पष्ट पारे। हालै भएको घटनामा ज्यान गुमाएका ७६ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो कार्यक्रम नगर्ने निर्णय लिइएको उनले बताए।

खनालले चुनावी सफलता आफूहरूले अवसर र जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै जनताले दिएको भरोसालाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता जनाए। आगामी पाँच वर्षसम्म मतदातासँग निरन्तर सम्पर्कमा रहने र टोल–टोलमा पुगेर नागरिकका समस्या सुन्ने उनले बताए। ती गुनासाहरू संसद्मा उठाउने मात्र होइन, समाधानका लागि आवश्यक पहलमा आफैँ सक्रिय रूपमा सहभागी हुने उनको भनाइ थियो।

जनताले दिएको विश्वासले आफूहरूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले रास्वपामा अरू दल समाप्त भए भन्ने अहंकार नरहेको बताए। सबै राजनीतिक शक्तिलाई सम्मान गर्दै देश परिवर्तनको अभियान अघि बढाइने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?