National life

रोजगारमा रहेका नेपालीले आधिकारिक माध्यमबाट मात्र पैसा पठाउन ब्युरोको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
928Shares
रोजगारमा रहेका नेपालीले आधिकारिक माध्यमबाट मात्र पैसा पठाउन ब्युरोको आग्रह
ncell

काठमाडौँ । वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्युरोको भनाई छ ।

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी “यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन १” भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताएका छन् ।

यसरी विदेशी रकम प्राप्त गरे पश्चात् अमुक व्यक्तिले ‘हुन्छ, म तपाईँले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु१’ भन्ने गरेको खुल्न आएको र उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा  गराइदिने गरेको रायले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्यूरोले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?