National life

लाभांश प्रस्ताव पारितको मुख्य एजेण्डा सहित नेको इन्सुरेन्सको वार्षिक सभा आज बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
1.3kShares
लाभांश प्रस्ताव पारितको मुख्य एजेण्डा सहित नेको इन्सुरेन्सको वार्षिक सभा आज बस्दै
ncell

काठमाडौँ । आज जेठ ९ गते शुक्रवारका दिन नेको इन्सुरेन्सको वार्षिक साधारण सभा बस्दैछ। उक्त साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, साधारण सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ। त्यसका लागि आवश्यक पर्ने नियामक निकायको निर्देशन तथा सुझाव कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामार्फत अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन स्वीकृति, र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समेत पारित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?