National life

वर्षाका कारण पहिरोमा परि देशभरमा १ सय २५ जनाको मृत्यु , २ सय बढी घर ४३ पुलको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ साउन २०८१, बिहिबार
1.3kShares
वर्षाका कारण पहिरोमा परि देशभरमा १ सय २५ जनाको मृत्यु , २ सय बढी घर ४३ पुलको क्षति
ncell

काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ।

गत जेठ २८ गतेदेखि निरन्तर रूपमा परेको वर्षाको कारण बाढी, पहिरो लगायतका विपद्‍मापरी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २५ जनाको मृत्यु भएको छ।

साथै काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १ सय ४३ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बेपत्ताको खोजी कार्य जारी छ। बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन्।

२ सय २२ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५ सय ८५ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय २१ घर परिवार विस्थापित भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?