National life

वाणिज्य बैंकको नाफा ३८ अर्ब नाघ्यो : नबिल अग्रभागमा, अन्य बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२९ फागुन २०८२, शुक्रबार
1.4kShares
वाणिज्य बैंकको नाफा ३८ अर्ब नाघ्यो : नबिल अग्रभागमा, अन्य बैंकको कति ?
ncell

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले  ३८ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए। सो अवधिमा करिब आधा बैंकको नाफा बढेको छ भने बाँकी आधा बैंकको नाफा गत वर्षको तुलनामा घटेको देखिन्छ।

विशेषगरी पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरूको नाफा वृद्धिमा अपेक्षित गति आउन नसकेको विश्लेषण गरिएको छ।

व्यक्तिगत बैंकहरूको नाफा हेर्दा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले उक्त अवधिसम्म ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३४.२१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो।

त्यसैगरी दोस्रो बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ६.६२ प्रतिशत नाफा वृद्धि गर्दै सात महिनामा ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो।

तेस्रो स्थानमा रहेको कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३२९.८६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। समग्रमा वाणिज्य बैंकहरूको नाफा सामान्य रूपमा बढे पनि आर्थिक गतिविधिको सुस्तता र नीतिगत तथा राजनीतिक अनिश्चितताका कारण बैंकिङ क्षेत्रको नाफा वृद्धिले अपेक्षित गति लिन नसकेको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?