National life

वाणिज्य बैंकहरुको नाफामा चमत्कारिक वृद्धि , कुन बैंकको नाफा र लाभांश क्षमता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
1.5kShares
वाणिज्य बैंकहरुको नाफामा चमत्कारिक वृद्धि , कुन बैंकको नाफा र लाभांश क्षमता कति ?
ncell

काठमाडौँ । हालसम्म बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य वृद्धि देखिएको छ। बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार शतप्रतिशतसम्म बैंकहरुको नाफा चुलिएको छ ।

बैंकहरुले यसअघि त्रैमासिक सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि चालू आवबाट भने १ महिनाको समय थप गरिएको कारण बैंकहरुले ढिलो गरी चौथो त्रैमासिकको विवरण सार्वजनिक गर्न थालेका हुन् ।

सोही अनुसार कुमारी बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा फराकिलो अंकले वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले गत आवमा २ अर्बमाथिको नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा ४६ लाख मात्रै कमाएको बैंकले गत आवमा भने २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको हो।

साथै, सञ्चालन आम्दानी अघिल्लो आवमा बैंकले १३ अर्ब ६३ करोडको गरेकोमा गत आवमा ४ अर्ब ६३ करोड रुपैयाँ गरेको छ। बैंकले ब्याज आम्दानी समेत बढाएको छ। अघिल्लो वर्ष १० अर्ब ८० करोड बराबरको ब्याज आम्दानी गरेको बैंकले गत आवमा कुल ११ अर्ब ५५ करोडको आम्दानी गरेको छ।

इम्पेयरमेन्ट चार्ज घटाएसँगै बैंकको नाफामा भारी वृद्धि भएको हो। बैंकले यस्तो चार्जअन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको छ। बैंकले सञ्चालन आम्दानी, सञ्चालन नाफा, ब्याज आम्दानी सबै बढाएको छ। अघिल्लो आवमा बैंकले ९७ करोड रुपैयाँ सञ्चालन मुनाफा गर्दा गत आवमा भने ६ अर्ब १३ करोड रुपैयाँको मुनाफा गरेको हो।

त्यसो त गत आवमा बैंकले निक्षेपकर्तालाई ब्याजबापत कुल २० अर्ब ७३ करोड रुपैयाँ भुक्तान गरेको छ भने ऋणीबाट ब्याजबापत ३२ अर्ब २९ करोड रुपैयाँ असुल गरेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष ५ अर्ब ३६ करोडले ऋणात्मक थियो ।

त्यस्तै कृषि विकास बैंकले ४८ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो आवमा २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ८२ करोडको नाफा देखाएको छ। बैंकले इम्पेयरमेन्ट चार्ज घटाएर नाफा बढाएर देखाएको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । भने कुल सञ्चालन आम्दानी १.८४ प्रतिशत घटेको देखाएको छ। साथै, बैंकको खुद सञ्चालन आम्दानी यो वर्ष २१.७१ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको सञ्चालन मुनाफा भने ४१.२९ प्रतिशत बढाएर देखाएको छ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत आइपुगेको छ भने इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ।

त्यसैगरी, माछापुच्छ्रे बैंकले पनि आर्थिक वर्षमा नाफा करिब शतप्रतिशतकै हाराहारीले बढाएको छ। बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्षको बैंकको नाफा १ करोड ४ लाख मात्रै थियो। जुन गत वर्ष ९७ करोड रुपैयाँले बढाएको हो।

गत वर्ष बैंकले ब्याज आम्दानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाउँदा ७ अर्ब ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ब्याज आम्दानी र ६ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा गत वर्ष बढाएको हो।

गत वर्ष बैंकले गैरबैंकिङ सम्पत्तिमा गरेको प्रोभिजनमार्फत ४६ करोड रुपैयाँ फिर्ता गरी नाफामा देखाएको हो। यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज रिभर्सल पनि २५ करोड रुपैयाँले सकारात्मक देखिएको छ। बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ।

अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँ मात्रै मुनाफा गरेको बैंकले गत वर्षमा ३ अर्ब ३३ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ। बैंकको खराब कर्जाको दर ३.८३ प्रतिशतमा सीमित छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा दर ३.८६ प्रतिशत थियो।

त्यस्तै, अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्येमा सिद्धार्थ बैंकले पनि वित्तीय विवरण मार्फत गत आवमा १० प्रतिशतले नाफा बढाएर देखाएको छ। अघिल्लो आवमा ३ अर्ब ८ करोड नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको विवरणमा उल्लेख छ ।

बैंकले खुद ब्याज आम्दानीतर्फ ८ अर्ब ४४ करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले धेरै हो। योबाहेक बैंकको सञ्चालन आम्दानी पनि बढाएर ९ अर्ब ८४ करोड रुपैयाँ पु¥याएको छ।

अघिल्लो आवमा यस्तो आम्दानी ८ अर्ब ९२ करोड रुपैयाँ थियो। बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

साथै, अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बाणिज्यबैंकहरुले आफ्नो नाफामा वृद्धि गरेर विवरण सार्वजनिक गरेको समयमा सिटिजन्स बैंकले भने यो पटक नाफा घटाएर अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आवमा १ अर्ब ३२ करोड कमाएको बैंकले गत आवमा १ अर्ब २९ करोडले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो अघिल्लो आवको तुलनामा २.२७ प्रतिशतले घटेको हो।

गत आवमा बैंकले १७ अर्ब ३० करोड ब्याज आम्दानी गरेको देखाएको छ अघिल्लो आवमा योभन्दा बढी १९ अर्ब ७१ आम्दानी गरेको थियो। अघिल्लो आवमा ७ अर्ब ५ करोड आम्दानी गरेको बैंकले गत आवमा ८ अर्ब १२ करोडको आम्दानी गरेको हो।

यस्तै सञ्चालन मुनाफा भने यो वर्ष घटेको छ। अघिल्लो वर्ष २ अर्ब ४ करोड मुनाफा कमाएको बैंकले गत आवमा २ अर्ब मात्रै नाफा कमाएको हो। यस अवधिमा बैंकको खराब कर्जा समेत बढेको छ। अघिल्लो आवमा ४.१० प्रतिशतमा रहेको खराब कर्जा गत आवमा ४.९४ प्रतिशतमा पुगेको हो।

त्यसैगरि, एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको ३ अर्ब ७० करोड रुपैयाँबाट बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जसमा ३२.८० प्रतिशतको वृद्धि भएको हो।

यससँगै बैंकको लाभांश दिने क्षमता ३८.२७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको २८.०६ प्रतिशतभन्दा २६.६७ प्रतिशतले वृद्धि हो। प्रतिसेयर आम्दानी पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँमा पुगेको हो । बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

साथै, रिटर्न अन इक्विटी १३.९३ प्रतिशतबाट बढेर १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३६.२८ रुपैयाँबाट बढेर २४७.३९ रुपैयाँ भएको छ। समीक्षा अवधिसम्म बैंकको तरलता अनुपात ३८.९४ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत र पीई अनुपात १८.४७ गुणा रहेको छ।

त्यस्तै, वित्तीय विवरण सार्वजनिक गरिसेका बैंकहरुमध्येको एक सानिमा बैंक लिमिटेडले वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ९२.१३ प्रतिशतले वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४४ करोड रुपैयाँभन्दा धेरै हो।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.९६ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४४ करोड रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। रिजर्भ ५ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ६ अर्ब ५६ करोड रुपैयाँ भएको छ। यससँगै बैंकको लाभांश दिने क्षमता पनि बढेको छ।

अघिल्लो आवमा १०.६६ प्रतिशत मात्रै लाभांश दिन सक्ने अवस्थामा रहेको बैंकले यस वर्ष २०.४७ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ, जुन ९२.०२ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, निक्षेप संकलन १३.५६ प्रतिशतले बढेर २ खर्ब २३ करोड रुपैयाँ र कर्जा प्रवाह १०.६८ प्रतिशतले बढेर १ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १९३९.७५ रुपैयाँ रहेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यता, खराब कर्जा अनुपात ०.५१ प्रतिशतबाट बढेर १.२१ प्रतिशत कायम रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?