National life

विजय लघुवित्तको एफपीओ आजदेखि निष्कासन,१ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२१ पुस २०८२, सोमबार
1KShares
विजय लघुवित्तको एफपीओ आजदेखि निष्कासन,१ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने
ncell

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने गरेको छ। संस्थाले प्रतिकित्ता रु। १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको हो ।

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/80333

एफपीओको निष्कासन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

https://aarthikvoice.com/archives/80240

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

https://www.youtube.com/watch?v=eeDjZ8h9YbY&t=557s

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत मंसिर १४ गते अनुमति पाएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?