National life

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
1.2kShares
विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीविरुद्ध देशव्यापी आन्दोलनको घोषणा
ncell

काठमाडौं। विभिन्न राजनीतिक दलसँग आबद्ध १५ विद्यार्थी संगठनहरूले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोध गर्दै देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विद्यार्थी संगठनहरूले सरकारले लिन लागेको प्रतिबन्धको निर्णय संविधान, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारविपरीत भएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरूका अनुसार यस्तो कदमले मौलिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले हालै शासकीय सुधारको नाममा सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा विद्यार्थी संगठनका गतिविधि नियन्त्रण वा निषेध गर्ने व्यवस्था उल्लेख गरिएको थियो । घोषित कार्यक्रमअनुसार पहिलो चरणमा चैत २८ गते नागरिक अगुवा र सरोकारवालासँग अन्तरक्रिया गरिनेछ भने चैत २९ देखि वैशाख ४ गतेसम्म देशभर कलेजस्तरीय छलफल कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यसैगरी, वैशाख ५ मा पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग संवाद, ७ देखि १४ वैशाखसम्म प्रचारप्रसार तथा सांस्कृतिक कार्यक्रम, ११ वैशाखमा विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र, १२ वैशाखमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र १५ वैशाखमा काठमाडौ उपत्यकामा कापी–कलमसहित देशव्यापी प्रदर्शन गर्ने योजना सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकालाई नजरअन्दाज गर्दै प्रतिबन्ध लगाउने प्रयास गरिएको भन्दै संयुक्त रूपमा विरोध गर्न बाध्य भएको बताए । उनले नागरिक समाज र सम्पूर्ण विद्यार्थीलाई आन्दोलनमा साथ दिन आग्रह गरे ।

उनले प्रधानमन्त्री बालेन साहलाई जनताको जनादेशको सम्मान गर्न र त्यसलाई हल्का रूपमा नलिन चेतावनी पनि दिए ।

त्यस्तै, नेकपा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष दीपक धामीले सरकारलाई प्राप्त जनादेश सुशासन र विकासका लागि प्रयोग गर्न आग्रह गर्दै निरंकुश प्रवृत्ति देखिए त्यसको कडा प्रतिवाद गरिने बताए। संयुक्त विद्यार्थी मोर्चाले सरकारसमक्ष सात बुँदे मागसमेत पेश गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?