National life

विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानूनका विद्यार्थी सडकमा उत्रिए

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.1kShares
विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानूनका विद्यार्थी सडकमा उत्रिए
ncell

काठमाडौँ। विद्यार्थी संगठन खारेज गर्ने सरकारका पछिल्ला कदमविरुद्ध कानूनका विद्यार्थीहरु सडकमा उत्रिएका छन्। विश्वविद्यालयमा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने सरकारी नियतका विरुद्ध नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी सडकमा उत्रिएका हुन् ।

बिहीबार नेपाल ल क्याम्पस स्ववियु तथा संयुक्त विद्यार्थी संगठनको आयोजनामा विद्यार्थीले सरकारको अधिनायकवादी कदमविरुद्ध प्लेकार्डसहित शान्तिपूर्ण मार्चपास गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्यार्थीले विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप गर्न खोजेको र विद्यार्थी संगठनहरूको आवाजलाई दबाउन सरकारले अधिनायकवादी बाटो लिएको आरोप लगाएका छन् ।

मार्चपासमा सहभागीहरूले ‘शिक्षामा दलीय हस्तक्षेप बन्द गर’, ‘स्ववियुको अधिकार रक्षा गर’ र ‘अधिनायकवादी कदम खारेज गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर क्याम्पस परिसर अगाडि प्रदर्शन गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?