National life

विश्वभरका मनोरञ्जनात्मक तथा पर्यटकीय स्थलहरूमा समेत आक्रमण गर्न सक्ने इरानको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०७ चैत २०८२, शनिबार
1.6kShares
विश्वभरका मनोरञ्जनात्मक तथा पर्यटकीय स्थलहरूमा समेत आक्रमण गर्न सक्ने इरानको चेतावनी
ncell

काठमाडौं । इरानले अब विश्वभरका मनोरञ्जनात्मक तथा पर्यटकीय स्थलहरूमा समेत आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

अर्कोतर्फ, खाडी राष्ट्रहरूले तेल प्रशोधन केन्द्रनजिकै कैयौँ ड्रोनहरू खसालेका छन् भने इजरायलमाथि इरानले निरन्तर क्षेप्यास्त्र प्रहार गरिरहेको छ। इस्लाम धर्मावलम्बीको पवित्र ईदको दिन इरानले इजरायल र खाडी मुलुकका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको गल्फन्यूज जनाएको छ।

इरानी सेनाले चेतावनी दिँदै भनेको छ, ‘अब विश्वभरका पार्क, रिसोर्ट र पर्यटकीय गन्तव्यहरू हाम्रा दुश्मनका लागि सुरक्षित नहुन सक्छन्।’ इरानका सर्वोच्च नेता आयतोल्लाह मोक्तबा खामेनेईले पनि इरानी जनताको दृढताको प्रशंसा गर्दै विश्वव्यापी आक्रमणको धम्कीलाई दोहोर्याएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सैन्य कारबाही ‘कम गर्दै लैजाने’ बताए पनि मध्यपूर्वमा थप २५ सय मरिन सैनिकसहित तीनवटा युद्धपोत पठाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
योसँगै यस क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ भएका छन्।

यसैबीच, बेलायतले स्ट्रेट अफ होर्मुजमा खतरा उत्पन्न गर्ने इरानी साइटहरूमा आक्रमण गर्न अमेरिकालाई आफ्नो सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको छ।

इरानी नयाँ वर्ष नौरोज मनाइरहँदा इजरायलले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा रहेका हिजबुल्लाहका अखडाहरूमा भीषण हवाई हमला गरेको छ। बेरुतको दक्षिणी क्षेत्रमा हजारौँ मानिसलाई घर छाड्न आदेश दिइएको छ।

साउदी अरेबिया, कुवेत, बहराइन, कतार र यूएईले इरानबाट प्रहार गरिएका भनिएका ड्रोन र मिसाइल आक्रमणलाई असफल बनाएका छन्। आक्रमणका कारण कुवेतको एक तेल प्रशोधन केन्द्रमा आगलागी भएको खबर छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?