National life

व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल,राजनीतितर्फको भ्रष्टाचारमा आयो कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ माघ २०८०, मङ्गलबार
765Shares
व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल,राजनीतितर्फको भ्रष्टाचारमा आयो कमी
ncell

नेपाल यो वर्ष पनि व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने देशभित्रै परेको हो।

तर नेपालले व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा रहेर पनि गत वर्षभन्दा केही सुधार गरेको छ। नेपालले गत वर्ष ३४ अंक पाएको अवस्थामा यो वर्ष ३५ अंकसहित केही सुधार गरेको हो। त्यहीकारण नेपाल सुशासनको सवालमा तय गरिएको वरीयतामा दुई स्थान माथि उक्लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्ष नेपाल ११० औँ स्थानमा थियो। तर यस वर्ष १ अंक सुधार गरेकाले १०८ औँ वरीयतामा रहन सफल भएको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपाल ५० भन्दा कम अंक ल्याएर सुशासन कायम गर्न असफल रहेका देशहरूमै परेको छ।

नेपाल अझ ३५ अंकमात्रै ल्याउँदै गम्भीर भ्रष्टाचारको समस्यामा झेलिरहेका देशहरूको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशल नेपालकी अध्यक्ष पद्यिनी प्रधानांगका अनुसार नेपालमा राजनीतितर्फको भ्रष्टाचारमा केही कमी आएको छ। त्यहीकारण समग्रमा १ अंकको सुधार सम्भव भएको हो।

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?