National life

शहरीकरण र पूर्वाधार सुधारमा दीर्घ सोच आवश्यक: मन्त्री खनाल

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०३ जेठ २०८३, आइतबार
1.4kShares
शहरीकरण र पूर्वाधार सुधारमा दीर्घ सोच आवश्यक: मन्त्री खनाल
ncell

काठमाडौँ । स्थानीय तहले दीर्घकालीन विकास योजना निर्माणमा ध्यान दिनुपर्ने परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्। टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा बोल्दै उनले अल्पकालीन राजनीतिक लाभभन्दा माथि उठेर दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार अहिलेको स्थानीय नेतृत्वसँग आगामी २० देखि २५ वर्षपछिको पुस्ताले पनि सम्झिने खालका काम गर्ने अवसर रहेको छ। उनले टोखाको दक्षिणी भाग घना बस्ती भएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन रहेको उल्लेख गर्दै व्यवस्थित शहरीकरण आवश्यक रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री खनालले ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। साथै होमस्टे विकासमार्फत स्थानीय पर्यटन विस्तार गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो।

टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा बस्ती व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले वैकल्पिक मार्गको आवश्यकता रहेको उनले औंल्याए। साङ्ला खोला र विष्णुमती करिडोरलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न सके कम लागत र कम क्षतिमा सडक निर्माण सम्भव हुने उनले बताए।

उनले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै घरबाटै कर तिर्ने र सिफारिस लिने व्यवस्था गर्न डिजिटल प्रणाली विस्तार गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा अन्य सांसद तथा पूर्वमन्त्रीहरूले पनि स्थानीय स्रोत–साधनको उपयोग गर्दै जनमुखी नीति निर्माण गर्नुपर्ने र विकास कार्यमा राजनीतिक हस्तक्षेप नगर्नुपर्ने धारणा राखे। नगर प्रमुखले नागरिकको सुझावलाई आधार बनाएर आगामी नीति तथा कार्यक्रम तयार गरिने बताए।

टोखा नगरपालिकामा करिब १ लाख ३७ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको जानकारी समेत दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?