National life

शिखर इन्स्योरेन्सद्वारा जेन जी आन्दोलनमा भएको क्षतिको छोटो अवधिमै ३० करोड भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१० असोज २०८२, शुक्रबार
600Shares
शिखर इन्स्योरेन्सद्वारा जेन जी आन्दोलनमा भएको क्षतिको छोटो अवधिमै ३० करोड भुक्तानी
ncell

काठमाडौँ । शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा र आगजनीबाट क्षतिग्रस्त सम्पत्तिको हालसम्म  छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म जेनजी आन्दोलनका क्रममा भएको सम्पत्तिको दाबी भुक्तानीबारे जानकारी गराएको हो।

राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिवद्धता अनुरुप विमित ग्राहकहरुले भोग्नु परेको कठिन परिस्थितिमा तत्काल राहत पुऱ्याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएको कम्पनीले जनाएको छ ।

https://www.youtube.com/watch?v=7z132FYZ0dA&t=9s

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आज प्रकाशित गरेको प्रेस विज्ञप्ति भनेको छ, ‘दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छौं भने कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छौं । शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भुकम्प तथा गत वर्ष परेको बाढीका कारण सृजित बीमा दाबीको समेत पारदर्शी र द्रुत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएका छौं ।’

आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिवद्ध रहेको जनाएको छ । कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?