काठमाडौँ । संविधान संशोधनको तयारीका लागि गठित कार्यदलले आम नागरिकबाट सुझाव संकलन गर्ने प्रक्रिया सुरु गरेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई आफ्नो धारणा पेश गर्न आह्वान गरेको हो। सूचना अनुसार एक साताभित्र लिखित सुझाव पठाउन अनुरोध गरिएको छ।
कार्यदलले सबै तहका नागरिकको सहभागिता सुनिश्चित गर्न इमेल तथा ह्वाट्सएपमार्फत सुझाव पठाउने व्यवस्था गरेको जनाएको छ।
इच्छुक नागरिकहरूले आफ्ना सुझाव इमेल मार्फत sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np मा पठाउन सक्नेछन्। साथै ह्वाट्सएप नम्बर ९८५६०२९९४७ मा पनि सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ।


































