National life

संसदमा दर्ता भएका अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
1.2kShares
संसदमा दर्ता भएका अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
ncell

काठमाडौँ । सरकारले ल्याएको अध्यादेशको विषयमा पक्ष र विपक्षको बिचमा मत बाझिएको समयमा नेकपा (एकीकृत समाजवादी) ले सरकारले संसदमा दर्ता गराएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको स्थायी कमिटी बैठकपछि प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका अध्यादेशहरूमा संसदमा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको उल्लेख छ।

साथै, सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि निर्णयार्थ पेस हुन सकेको छैन। भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रिय सभामा बहुमत पुग्ने नदेखिएपछि सरकारले अध्यादेश निर्णयार्थ पेस नगरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ। संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ, अध्यादेशका अन्तर वस्तु पनि गलत र हानिकारक छन्,’

ज्वालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशहरूबाट भू माफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तर वस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?