National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमितहरुलाई जारी गर्यो ३५ दिने सूचना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ जेठ २०८०, आइतबार
10.8kShares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमितहरुलाई जारी गर्यो ३५ दिने सूचना
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनीले सम्बन्धी बीमितहरुलाई ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले जारी गरिएको बीमालेखमा दाबी गरी भुक्तानी हुन बांकी रहेका बीमितहरुलाई आवश्यक कागजात संकलन गरी कम्पनीमा बुझाउन भनेको हो ।

कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स तथा लुम्बिनी जनरल ईन्स्योरेन्सबाट जारी भएका बीमालेख अन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई सूचनामार्फत आवश्यक काजगातहरु बुझाउन भनेको हो ।

कम्पनीबाट बारम्बार ताकेता गर्दा पनि नबुझाएका कागजातहरु सूचना जारी भएको मितिबाट ३५ दिन भित्र आफुले बीमा गरेका कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क राखि बुझाउन बांकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तोकिएको समय सम्म पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दाबी फाईल बन्द भई तामेलीमा जाने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
10.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?