National life

सम्पाङलाई अर्थमन्त्रीले भने-धराने जनतालाई पानी खुवाउन सरकारले योजना बनाउँदै छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
684Shares
सम्पाङलाई अर्थमन्त्रीले भने-धराने जनतालाई पानी खुवाउन सरकारले योजना बनाउँदै छ
ncell

हर्क सम्पाङलाई अर्थमन्त्रीले भने: तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र धरानका मेयर हर्क साम्पाङ राईबिच भेटघाट भएको छ । भेटमा मन्त्री पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको जानकारी गराउँदै मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरेका छन्।

सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने,‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’

मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न सुझाए । ‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु । यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले, ‘म तपाईंको अभियानमा सँगै हुनेछु ।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोसी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए। उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो । राईले अर्थमन्त्री पुनबारे आम मानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?