National life

‘सहकारी नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था यही वर्ष बनाउने तयारी हुँदै छ‘

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
803Shares
‘सहकारी नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था यही वर्ष बनाउने तयारी हुँदै छ‘
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था यही वर्ष बनाउन लागेको बताएका छन्। नेपाल व्यवस्थापन संघ(म्यान) ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखिएको भन्दै अब विशिष्टकृत नियमन गर्ने संस्था बनाउन लागेको बताएका हुन् ।

‘राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाँहदैन । बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसलाई नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था यही वर्ष बनाउने र कार्यान्वयनमा जाने तयारी छ ।‘गभर्नर अधिकारीले सहकारीको पैसा जग्गामा गएकाले दोस्रो तहको नियामक खोलेपछि समस्या समाधान हुने बताए ।

गभर्नर अधिकारीले माइक्रो फाइनान्सले गरेको योगदानलाई सडक आन्दोलन हुँदैमा बिर्सन नसकिने बताए । उनले ऋण लिएपछि सबैले तिर्नुपर्ने अधिकारीले बताए । कसैले पैसा तिर्नुपर्दैन कि भनेर सोच्न नमिल्ने बताए ।

बैंक तथा वित्तीय संस्थामा जारी मर्जरले राम्रो नतिजा देखाएको गभर्नर अधिकारीको भनाइ छ । छलफल कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो प्राथमिकता महँगी नियन्त्रण हुने र सँगसँगै बाह्य क्षेत्रको स्थायित्व हुने बताए।

सरकारले ६ प्रतिशतको आर्थिक बृद्धि र साढे ६ प्रतिशतको मूल्य बृद्धि हुने प्रक्षेपण गरेको छ। उनले आर्थिक बृद्धिभन्दा पनि मूल्य बृद्धिमा बढि ध्यान दिएको कार्यक्रममा जानकारी दिए ।

बजेटको मार्गदर्शक स्पष्ट रहेको बताउँदै उनले लक्षित आर्थिक वृद्धि दर र मुद्रास्फीतिलाई ध्यानमा राखेर मौद्रिक नीति आउने बताए।

 

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?