National life

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
717Shares
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले यही चैत २१ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

सभाले २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?