National life

सिवाईसी नेपाल लघुवित्तको नाफामा २०८ % ले वृद्धि , कस्तो छ अन्य वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ साउन २०८२, आइतबार
716Shares
सिवाईसी नेपाल लघुवित्तको नाफामा २०८ % ले वृद्धि , कस्तो छ अन्य वित्तीय अवस्था
ncell

काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र इपीएसमा फराकिलो प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३ करोड ८० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो। त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी ४५ करोड ३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.२९ प्रतिशतले बढी हो।

संस्थाको खुद सञ्चालन आम्दानी ४९ करोड ९४ लाख र सञ्चालन मुनाफा १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। संस्थाको सञ्चालन खर्च केही बढेको छ। अघिल्लो आवमा ३३ करोड २७ लाख रुपैयाँ रहेको सञ्चालन खर्च बढेर ३३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढाएको छ । रिटेन्ड अर्निङ २ करोड ३३ लाखबाट बढेर ११ करोड ३३ लाख पुगेको छ । रिजर्भको आकार पनि ३३ करोड ८८ लाखबाट ३५ करोड ८६ लाख कायम भएको छ ।

त्यस्तै, इम्पेयरमेन्ट चार्जका लागि संस्थाले २ करोड २ लाख रुपैयाँको व्यवस्था गरेको छ । यो अवधिमा संस्थाले २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन र ६ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संस्थाको खराब कर्जा अनुपात भने केही घटेको छ । अघिल्लो आवमा ४.९५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.५४ प्रतिशत पुगेको छ। संस्थाको वितरणयोग्य मुनाफा ९ करोड १० लाख रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?