National life

सेयर धितो कर्जामा तीव्र वृद्धि : वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब बढी प्रवाह बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
1.7kShares
सेयर धितो कर्जामा तीव्र वृद्धि : वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब बढी प्रवाह बढी
ncell

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म बैंकहरूबाट सेयर धितो कर्जामा तीव्र वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म बैंकहरूले कूल १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्।

गत असारसम्म यो कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ थियो। त्यसअनुसार चालु आर्थिक वर्षका १० महिनामा बैंकहरूले थप ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो वृद्धि प्रतिशतको आधारमा ३९.२ प्रतिशतको वृद्धि हो।

कर्जाको परिमाण अनुसार सबैभन्दा बढी कर्जा १ करोड रुपैयाँभन्दा माथिको रेन्जमा प्रवाह भएको छ। वैशाखसम्म यस रेन्जमा ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत असारमा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ थियो।

त्यस्तै, अन्य कर्जा रेन्जहरूमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको रेन्जमा वैशाखसम्म १५ अर्ब ५ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो अघिल्लो वर्षको असारमा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ थियो, जसमा २१.१ प्रतिशत वृद्धि भएको हो। त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको रेन्जमा कर्जा १६ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

कर्जा प्रवाहको आकडालाई हेर्दा सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेसँगै बैंकहरूबाट सेयर धितो कर्जा लिने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ। विशेष गरी ठूलो परिमाणको कर्जामा उल्लेखनीय माग देखिनु अर्थतन्त्रमा लगानीकर्ताको जोखिम लिन सक्ने क्षमतामा पनि सुधार आएको संकेत देखिन्छ । २५ लाख रुपैयाँसम्मको कर्जामा पनि वृद्धि देखिएको छ। असारसम्म यो रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?