National life

सौर्य एयरको दुर्घटनाग्रस्त जहाजको ३० करोडको बिमा, ९९.७ % दायित्व विदेशी पुनर्बीमा कम्पनीले व्यहोर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
746Shares
सौर्य एयरको दुर्घटनाग्रस्त जहाजको ३० करोडको बिमा, ९९.७ % दायित्व विदेशी पुनर्बीमा कम्पनीले व्यहोर्ने
ncell

काठमाडौं । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा गरिएको पाइएको छ । सौर्यले ३० करोडमा उक्त विमान खरिद गरेको थियो । क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभु इन्स्योरेन्समा बिमा गरेको थियो ।

जहाजको भग्नावशेष काम नलाग्ने स्थितिमा रहेका कारण ३० करोड रुपैयाँ हाराहारीको दाबी भुक्तानी गर्नुपर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त विमानको पुनर्बीमा भने बेलायती पुनर्बीमा कम्पनीमा छ । विमानको पुनर्बीमा विदेशी कम्पनीमा रहेकाले सबै भुक्तानी भने प्रभुले गर्नु नपर्ने भएको छ । ३० करोड हाराहारीको दावी भुक्तानी गर्नुपर्नेमा ०.३ प्रतिशत मात्रै प्रभुको दायित्वमा पर्नेछ । यो रकममा भने ९ लाख हुन आउँछ । त्यस बाहेकका बाँकी ९९.७ प्रतिशत दायित्व भने विदेशी पुनर्बीमा कम्पनीले व्यहोर्नेछ ।

बुधबार बिहान ११ः११ बजे राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखराका लागि उडेको बिमान टेकअफ गर्नेवित्तीकै दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने पाइलट मनिष शाक्यको जीवित उद्दार गरिएको छ । यसैगरी मृतक सबै यात्रुको प्रतियात्रु २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
746SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?