काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीका लागि खुला गरेको छ। संस्थापक सेयरधनीहरूकै नाममा रहेको कुल १७ हजार ३२७ कित्ता सेयर आजदेखि बिक्रीमा राखिएको हो।
कम्पनीले जारी गरेको सूचनाअनुसार प्रचलित व्यवस्थाबमोजिम हालका संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिँदै सेयर बिक्री प्रक्रिया अघि बढाइएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
आवेदन बनेपास्थित केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ र खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
निर्धारित समयभित्र संस्थापक समूहबाट माग नआएमा भने बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।


































