National life

स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म ३८ लाख बढी बिमित लाभान्वित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
677Shares
स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म ३८ लाख बढी बिमित लाभान्वित
ncell

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले सञ्चालनमा ल्याएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमबाट हालसम्म ३८ लाख ६१ हजार ६४ बिमित स्वास्थ्य बिमाबाट लाभान्वित भएका छन्।

नेपाल सरकारले सर्वव्यापी स्वास्थ्यको पहुँच तर्फ अगाडी बढ्न सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा २०७२ देखि सुरुवात गरेको स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य बिमा बोर्ड मार्फत सञ्चालनमा छ। देशका नागरिकलाई सेवा पुर्‍याउने लक्ष्य राखी यो सेवा सञ्चालनमा ल्याइएको हो।

स्थापनाकालदेखि ८१ लाख ४५ हजार ८ सय ३१ जना जम्मा बिमित आबद्ध रहेको तथ्याङ्कमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्वास्थ्य बिमा बोर्डकी सूचना अधिकारी  ओम कुमारी कँडेलका अनुसार २५ लाख ६ हजार ३ सय १२ जना परिवार सङ्ख्या स्वास्थ्य बिमामा अबद्ध रहेका छन् भने ४ सय ७५ वाट सेवा प्रदायक स्वास्थ्य संस्थाबाट विमितले सेवा लिई रहेका छन् ।

साथै कँडेलले ७७ जिल्ला ७५३ स्थानीय तहमा नै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको जानकारी दिएकी छिन् । बिमा नवीकरण प्रणालीमा पनि आधुनिकीकरणको प्रवेश देख्न सकिन्छ। अनलाइन सम्बन्धी ज्ञान भएकाले अनलाइन मार्फत सहजै नवीकरण पनि गर्न सक्छन् ।

स्वास्थ्य बीमाले थुप्रै समस्या र चुनौतीको सामाना गर्दै अगाडि बढिरहेको छ । नवीकरण बढ्न नसक्नु पनि स्वास्थ्य बीमाका लागि चुनौती हो । व्यक्ती अनुसार फरक फरक बुझाइ भएका कारण स्वास्थ्य  बिमा जनसमुदायमा प्रभावकारी रूपमा पुग्न नसक्नु जस्ता समस्या निरन्तर रूपमा देखिएको छ ।  'समान हिसाबले कार्यक्रमलाई बुझ्न सके ,सबैको सहभागिता हुन सके स्वास्थ्य बिमा प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिने सूचना अधिकारी ओम कुमारी कँडेलको भनाई छ' ।

 स्वास्थ्य बिमाका निश्चित दायरा

बिमा रकम भन्दामाथि गएर उपचार गराउनु परेको खण्डमा बिमितले सो खर्च आफैले भुक्तानी गर्नु पर्ने हुन्छ। मधुमेह जाँच गर्दा दुई पटक भन्दा माथि जाँच गराउँदा बिमित स्वयमले खर्च गर्नु पर्ने प्रावधान छ ।

 स्वास्थ्य बिमा नियमावलीमा भएको व्यवस्था

स्वास्थ्य बिमा कार्यक्रममा सहभागिताको लागि प्रति ५ जनासम्मको परिवारले वार्षिक रु ३५ सय रुपैयाँ योगदान रकम बुझाउनु पर्छ । कुनै परिवारमा पाँच जना भन्दा बढी सदस्य भएमा प्रति व्यक्ति रु ७ सय रुपैयाँ योगदान रकम तिरी कार्यक्रममा बिमित आबद्धता हुन सक्नेछन् ।

प्रचलित कानून बमोजिम राष्ट्रसेवक मानिने व्यक्तिको परिवारको पाँच जना सदस्य इकाई मान्ने गरी निज कार्यरत कार्यालयले आबद्ध गर्नुपर्ने हन्छ । प्रतिष्ठानको हकमा प्रति श्रमिक तथा कर्मचारीको परिवारको पाँच जना सदस्य इकाई मान्ने गरी प्रतिष्ठानले आबद्ध गर्नुपर्ने नियमावली छ।

वृद्धाश्रम, अनाथालय, सुधार गृह, संरक्षण गृह लगायतका संस्थाहरूमा आश्रित सबै व्यक्तिहरूलाई परिवार सरह मानी इकाईको आधारमा आबद्धता गर्नुपर्ने हुन्छ। यस नियममा अन्यत्र जुनसुकै कुरा उल्लेख भएको भए तापनि सत्तरी वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई एक इकाई मानी कार्यक्रममा निःशुल्क आबद्ध गर्नु पर्ने हुन्छ ।

बिमा गरेमा के कस्ता सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गरेमा कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन । यस्ता उपचारलाई बीमाले नसमेट्ने प्रावधान रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?