National life

स्वास्थ्य बीमा कार्यक्रम नतिजामुखी बनाउन ऐन नै परिवर्तन गर्नुपर्दछ: मन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
885Shares
स्वास्थ्य बीमा कार्यक्रम नतिजामुखी बनाउन ऐन नै परिवर्तन गर्नुपर्दछ: मन्त्री पौडेल
ncell

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र नतिजामुखी बनाउनका लागि विद्यमान ऐन नै परिवर्तन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताए ।

आज सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन्। मन्त्री पौडेलले अहिलेकै नीति, नियमले  भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैले बीमा सम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खास गरी यसको दायरा फराकिलो बनाउने, सङ्गठित क्षेत्र सबैलाई बिमासँग आबद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरू थप पक्षलाई कसरी जोड्न सकिन्छ रु त्यसको निम्ति गृहकार्य भइरहेको छ ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन सरकार लागि परेको बताए । स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?