National life

स्वास्थ्य मन्त्रालयले स्थानीय तहका डाक्टर कर्मचारीलाई तलबभत्ता नदिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
891Shares
स्वास्थ्य मन्त्रालयले स्थानीय तहका डाक्टर कर्मचारीलाई तलबभत्ता नदिने
ncell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहबाट सञ्चालनमा रहेका ५/१०/१५ सैयाको अस्पतालमा काम गर्ने डाक्टर तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने जनाएको छ । मन्त्रालयले जेठ ४ गते स्थानीय तहहरुलाई परिपत्र लेख्दै ती अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारबाट स्वीकृत भइनसकेको कारणले स्थानीय तहले नै तलब भत्ताको व्यवस्था गर्नुपर्ने जनाएको हो ।

न्त्रालयले स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै भनेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७९/०३/२१ मा ५/१०/१५ शैयाको आधारभूत अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भईनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्नेगरी पालिकाको आवश्यकता र आर्थिक श्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन । साथै केही स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनको लागि स्वास्थ्यकर्मी नियुक्ति गरेको कारण संघीय सरकारमा थप आर्थिक भार परेको हुँदा आगामी आ.व.मा स्वास्थ्यकर्मीको तलब, भत्ता व्यवस्थापन पालिकाबाटै हुन ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय किताबखाना (निजामती)मा दर्ता भएका निकाय र पदहरु बाहेकका पदमा कार्यरत कर्मचारीहरुको तलब, भत्ता उपलब्ध गराउन नसकिने समेत परिपत्रमा उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
891SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?