National life

हामीले सुरु गरेको अभियानबाट दलालहरु, जाली फटाहाहरु र विचौलियाहरु आत्तिए :प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० चैत २०८१, शनिबार
775Shares
हामीले सुरु गरेको अभियानबाट दलालहरु, जाली फटाहाहरु र विचौलियाहरु आत्तिए :प्रचण्ड
ncell

काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारप्रति जनतामा निकै ठूलो आक्रोश र असन्तुष्टि रहेको बताएका छन् । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान छेडिरहेको अवस्थामा जाली फटाहाहरुले वर्तमान सरकार बनाइदिएकाले जनतामा आक्रोश र असन्तुष्टि चुलिएको बताएका हुन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा असाधारण रेकर्ड बनेको बताए । छिमेकी मुलुकसँगको सम्बन्धका दृष्टिले र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र नेपालीको हित प्रस्तुत गर्ने सन्दर्भमा पनि आफ्नो तेस्रो प्रधानमन्त्रित्व कार्यकाल सफल रहेको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘केही दलालहरु, नोकरशाहहरु, जाली फटाहाहरु र विचौलियाहरु आत्तिए, हामीले सुरु गरेको अभियानबाट । अपारदर्शी तरिकाले, अलोकतान्त्रिक तरिकाले अहिलेको सरकार बनेको छ । त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोश छ । असन्तु्ष्टि छ । सडकमा जनता विभिन्न रुपले आन्दोलनमा आइरहेकै छन् । शिक्षकहरु आन्दोलनमा छन्, डाक्टरहरु आन्दोलनमा छन्, नर्सहरु आन्दोलनमा छन् । सरकारमा भएभन्दा बाहिरका पार्टीहरु प्रायः सबै सडकमै छन् । यो परिस्थितिमा हामीले एकातिर देशको राष्ट्रिय एकतालाई सुदृढ गर्नुछ । राजनीतिक परिवर्तन जे भएका छन्, तिनको रक्षा पनि गर्नुछ । अझ अगाडि बढेर यसको परिमार्जन, विकसित गर्नुछ,’– पूर्व प्रधानमन्त्रीसमेत रहेको प्रचण्डले भने ।


अध्यक्ष प्रचण्डले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहेको बताए । उक्त प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो रहेको पनि उनको दाबी छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यकता छ भनेर हामीले भनिराखेका छौं,’– उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?