National life

हावाहुरीको असर: जहाज उडानमा समस्या, डाइभर्ट देखि एयर‘होल्ड’सम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
599Shares
हावाहुरीको असर: जहाज उडानमा समस्या, डाइभर्ट देखि एयर‘होल्ड’सम्म
ncell

काठमाडौँ । हावाहुरीका कारण काठमाडौँ उपत्यका सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान अस्तव्यस्त भएको छ।

तीव्र वेगमा चलेको हावाहुरी सहितको पानीको कारण कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौँ अवतरण गर्ने प्रयासमा रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

त्यसै गरी चाइना इस्टर्नको जहाज बङ्गलादेशको ढाका ‘डाइभर्ट’ भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भारतको इन्डिगो एयरको जहाज नयाँ दिल्ली डाइभर्ट भएको विमानस्थलले जानकारी दिएका छन् । उनका अनुसार आन्तरिक उडान समेत प्रभावित बनेको छ।

यता आन्तरिकतर्फ नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ। काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज काठमाडौँमै फिर्ता गर्नुपरेको छ। बुद्ध एयरको सिमराबाट उडेको जहाज पनि सिमरामै डाइभर्ट गर्नुपरेको जानकारी दिएका छन् ।

अहिले दिल्लीबाट आएको भिस्टारा एयर,ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयर ‘होल्ड’ गरिएका छन् । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा  परेको स्रोतको भनाई छ । साथै अचानक हावाहुरी सहित परेको पानीको कारण काठमाडौँको सडक समेत अस्तव्यस्त बनेको छ ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?