National life

हिमालयन एभरेष्ट इन्स्योरेन्समा व्यावसायिक लक्ष्य हासिल गरेका १६ जना उत्कृष्ट कर्मचारी सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
585Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्समा व्यावसायिक लक्ष्य हासिल गरेका १६ जना उत्कृष्ट कर्मचारी सम्मानित
ncell

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना व्यावासायिक लक्ष्य हाँसिल गर्न सफल १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ। पुल्चोक ललितपुर स्थित एक होटलमा संक्षिप्त कार्यक्रम आयोजना गरी व्यावासायिक लक्ष्य हाँसिल गर्न सफल कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो।

समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकज्यूहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति थियो । नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रायः सबै वार्षिक सुचाङ्कहरु प्रगति उन्मुख रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिक्त श्री विजय बहादुर शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई सधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका हुन। समरोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना बापाने यस्ता कार्यक्रमबाट आफूहरु उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्न श्रेष्ठको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रममा कम्पनी संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अफ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा योगदान प्राप्त हुने अपेक्षा रहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?