National life

हिरो मोटरसाइकलको डिलरसीप ज्योति समुहबाट खोसियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
585Shares
हिरो मोटरसाइकलको डिलरसीप ज्योति समुहबाट खोसियो
ncell

काठमाण्डौ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता ज्योति समुहबाट खोसिएको छ। विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटरकर्पले ज्योति समुहको डिलरसीप खोसेर नेपालको सबैभन्दा ठूलो समूह चौधरी ग्रुप मातहतको कम्पनी सिजि मोटर्सलाई सुम्पेको छ ।

ज्योति समुहको लफडाले गर्दा हिरोको प्रोडक्ट खासै बेच्न सकेको थिएन। अब हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिरो मोटकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो । राम्रो लोकप्रियता कमाएको सुपर स्प्लेन्डर र एक्सप्लस २०० लगायत आफ्ना प्रतिष्ठित मोटरसाईकल ब्रान्डहरूका साथ निरन्तर रूपमा हिरो प्रख्यात हुँदै गइरहेको छ। नेपाललाई एसियाको प्रमुख बजारको रूपमा मान्यता दिँदै, हिरो मोटोकर्पको सीजी मोटर्ससँगको साझेदारीले आफ्नो व्यापारलाई थप बलियो बनाउने र समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने अपेक्षा राखिएको जनाएको छ ।

चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको विश्वभर १६० भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विशाल नेटवर्क रहेको समूह हो । एफएमसिजि, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्स सहित विभिन्न क्षेत्रहरूमा यो समूहको व्यवसाय फैलिएको छ ।

यस सहकार्यअन्तर्गत, हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरो मोटोकर्पको उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्न तयार भएको प्रेस विज्ञप्तिमा बताईएको छ । स्थानीय अर्थतन्त्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू सिर्जना गर्दै २०२४ मार्चबाट सेवा सञ्चालन सुरु गरिने चौधरी ग्रुपले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?