National life

होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबिच वान टु वान वार्ता जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
992Shares
होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबिच वान टु वान वार्ता जारी
ncell

काठमाडौँ। नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता  सुरु भएको छ ।

कतारका राजा बसेकै होटल सोल्टीमा दुई नेताबिच वान टु वान वार्ता भइरहेको छ ।  भेटवार्ता लगत्तै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

हस्ताक्षर कार्यक्रममा दुवै नेता सहभागी हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हस्ताक्षर कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ ।

त्यस लगत्तै दिवा भोज कतारी राजा शेख नेतृत्वको टोली स्वदेश फिर्ताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछ । यसअघि थानीले मङ्गलवार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गरिसकेका छन् ।

कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले रात्रि भोज आयोजना गरेका थिए । कतारी राजा थानी दिउँसो पौने १ बजे स्वदेश प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यपालिका छ । उनको बिदाईका निमित्त राष्ट्रपति रामचन्द्र पौड्याल आफै विमानस्थल जाने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
992SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?