National life

एयरपोर्टमा आफ्नो मान्छे लिन अब तीन जना भन्दा बढी जान नपाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
632Shares

काठमाडौं । एयरपोर्टमा आफ्नो मान्छे लिन वा पु¥याउन अब तीन जनाभन्दा बढी जान नपाइने भएको छ । नेपाल नागगरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो ।

विमानस्थलमा अनावश्यक अत्याधिक भिडभाड बढेको भन्दै उड्यान प्राधिकरणले एक व्यक्तिको स्वागत वा विदाईमा तीन जना भन्दा बढी जान नपाइने व्यवस्था गरेको हो ।
यस्तो व्यवस्था आन्तरिक (डोमेस्टिक) र अन्तर्राष्ट्रिय दुबैतर्फको उडानमा लागू गरिएको नागरिक उड्यान प्राधिकरणका निमित्त महानिर्देशक टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

विमानस्थलको व्यस्त समयमा यात्रुलाई विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाई भएको, यात्रु झर्ने कक्षमा दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरुको सहज आवतजावतमा समेत अवरोध सिर्जना भई यात्रु सेवा सुविधा प्रवाहमा प्रतिकुल असर परिरहेकोले यस्ता समस्यालाई न्यूनिकरण गर्न यस्तो नीति लिनुपरेको प्राधिकरणले जनाएको छ ।


  • Royal Enfield
    यो समाचार शेयर गर्नुहोस्
    632SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?