National life
cg eloctronics

जहाज चार्टर गरेर ठुलो सङ्ख्यामा भियतनामका पर्यटक नेपाल आउँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
1KShares
जहाज चार्टर गरेर ठुलो सङ्ख्यामा भियतनामका पर्यटक नेपाल आउँदै
muktinatha bikash bank

काठमाडौँ । जहाज चार्टर गरेर भियतनामका पर्यटक नेपाल आउने भएका छन् । तीनवटा जहाज चार्टर गरेर एकै पटक ठुलो सङ्ख्यामा भियतनामी पर्यटक नेपाल भ्रमणमा आउने भएका हुन् ।

आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाइन्सका एअरबस ए३२० विमान चार्टर गरेर भियतनामी पर्यटकहरू नेपाल आउने भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पर्यटन सिजन सुरु भएसँगै आउन लागेको भियतनामी पर्यटकहरूले नेपालको काठमाडौँ, पोखरा, लुम्बिनी लगायताका स्थानहरूको भ्रमण गर्ने छन् ।

नेपाली ट्राभल एजेन्सीको अगुवाइमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै पहिलो पटक एकै पटक तीन वटा विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गर्ने तयारी गरेको रुपसे होलिडेजले जनाएको छ ।

करिब १५ प्रतिशत बुद्ध धर्मालम्बीहरु रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या पछिल्ला दिनहरूमा बढिरहँदा भियतनाम काठमाडौँको यात्रा छोट्टाउन तथा यात्रालाई सहजता तुल्याउन यो सोझो चार्टर उडान महत्त्वपूर्ण भएको पर्यटनकर्मीहरूको भनाइ छ ।

भियतनामका ती पर्यटकहरूले काठमाडौँ उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण तथा अवलोकन गर्नेछन् । केही पर्यटकहरू नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योग अभ्यासका लागि थप समय बस्नेछन् ।

everest bank

यसरी नेपाल भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटकहरू भियतनाम जाने भएका छन् । उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रूपमा किफायती बनाउन लागि परेको रुप्से होलिडेज्ले बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जहाज चार्टर गरेर ठुलो सङ्ख्यामा भियतनामका पर्यटक नेपाल आउँदै | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस